कञ्चनपुरमा निषेधाज्ञाको अवधि थप गरिएको छ । जिल्ला कोभिड १९ संकल व्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकबाट नयाँ भेरियन्ट सहितको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरमा यही जेठ १५ गते राती १२ बजेसम्म लागु हुनेगरी निषेधाज्ञाको अवधि थप गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोद्धारा जारी सुचना उल्लेख गरिएको छ ।