कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा बुधबार थप ४५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९०६ जनाको स्वावको नमुना परिक्षण गर्दा ४ सय ५३ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो । यसैगरी परिक्षण गर्दा ४ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यसैगरी बुधवार ४ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यस्तै सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
Comments are closed.