बैतडीमा जनस्तरबाटै अक्सिजन सहयोग अभियान सञ्चालनमा

 बैतडीमा जनस्तरबाटै अक्सिजन सहयोग अभियान सञ्चालनमा भइरहेको छ । जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव देखिएपछि जनस्तरबाटै अभियान थालनी भएको हो । दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाइमा जेठ २ गते सुरु भएको उक्त अभियानमा हालसम्म साढे ६ लाख रुपैयाँ संकलन भइसकेको प्रतिष्ठानका अध्यक्ष तथा अभियन्ता विनोद बहादुर चन्दले जानकारी दिनु भयो । कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिँदै गएको र जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव भएको खबर आएपछि सो अभियान सञ्चालन गरिएको दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष चन्दले बताउनु भयो ।

 संकलित रकम अक्सिजन आपूर्तिमा खर्च गरिरहेको पनि उहाले बताउनु भयो । यसका साथै जम्मा भएको रकमले अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गर्ने तयारी भएको उहाले बताउनु भयो । कोरोना संक्रमितहरुलाई अक्सिजन अभाव भएकाले जिल्ला अस्पताल बैतडीमा अक्सिजन खरिदका लागि सहयोग गर्ने हिसाबले यो अभियान सञ्चालन गरिएको दशरथचन्द स्मृति प्रतिष्ठानका आजीवन सदस्य तथा अभियन्ता महेश भट्टले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.