कञ्चनपुरमा बिहीवार थप ५ सय २ जना कोरोनाको संक्रमणमुक्त

 कञ्चनपुरमा बिहीवार थप ५ सय २ जना कोरोनाको संक्रमणमुक्त भएका छन् । बिहीवार कोरोनाको संक्रमण मुक्त हुनेमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएका १ सय ६८ जना र पिसीआर परिक्षण गर्दा संक्रमण पुष्टि भएका ३ सय ३४ जना कोरोनाको संक्रमणमुक्त भएका स्वास्थय कार्यालय कञ्चनपुरले जनाएको छ । योसंगै कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणमुक्त हुनेको कुल संख्या ४ हजार २ सय ६२ जना पुगेका स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिनु भयो ।

 यस्तै कञ्चनपुरमा बिहीवार थप १ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६२ जना, वेदकोट नगरपालिकाका ३९ जना, शुक्लाफाँटा नगरपालिकाका ४० जना, बेलौरी नगरपालिकाका २५ जना, पुर्नवास नगरपालिकाका ८ जना, लालझाडी गाउपालिकाका ३ जना, बेल्डाडी गाउपालिकाका ३ जना र कञ्चनपुरको गड्डाचौकी नाकामा गरिएको परिक्षणमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 यसैगरी कञ्चनपुरमा बिहीवार थप ३ जनाको ज्यान गएको छ । बिहीवार ज्यान गुमाउनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ का ६६ वर्षीय र ६० वर्षीय पुरुष र भीमदत्त नगरपालिकाको वडा नम्बर ११ का ५० वर्षीय पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । योसंगै कञ्चनपुरमा हालसम्म कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या १ सय ३४ जना पुगेको छ । तीमध्ये ९५ जना पुरुष र ३९ जना महिला रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । हाल कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा रहेको आइशोलेसनमा ७७ जनाको र आइसीएचको भवनमा रहेको आइशोलेसनमा १४ जना कोरोना संक्रमितको उपचार भइ रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.