सुदुरपश्चिम प्रदेशका अन्य जिल्ला जस्तै अछाममा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि अछाममा निषेधाज्ञा समेत जारी गरिएको र निषेधाज्ञाको पुर्ण रुपमा कार्यान्वयन भइ रहेको अछामका सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला प्रशासन कार्यालय अछामका सुचना अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले शुक्लाफाँटा एफ्।एमलाई जानकारी दिनु भयो ।
उहाका अनुसार निषेधाज्ञाको केही दिन अघि केही व्यापारीले उल्घङन गरेकामा उहाहरुलाई कार्बाही गरिएको बताउनु भयो । यस्तै विकास निर्माणका कार्यमा आवश्यक सामाग्रीहरु बोक्ने सवारी साधनलाई चालक मात्रै रहेर सञ्चालन गर्न भनिएको उहाले बताउनु भयो । दैनिक कोरोना संक्रमित थपिनेक्रम जारी रहेको अछाममा प्राय कोरोना संक्रमितहरु होम आइशोलेसनमा नै रहेका जिल्ला प्रशासन कार्यालय अछामका सुचना अधिकारी एवम् अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले जानकारी दिनु भयो ।