कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ११ जना कोरोनाको संत्रलमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत थप ११ जना संक्रमित निको भई डिस्चार्ज भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो । यसैगरी १३ जना नयाँ संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन । यस्तै अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८४६ स्वावका नमुनाहरु परिक्षण गर्दा ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत थप ४ जना संक्रमितको ज्यान गएको छ ।