बैतडीमा एक जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण ज्यान गयो

 बैतडीमा पहिलोपटक एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण ज्यान गएको छ । ज्यान गुमाउनेमा बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ४ का ४५ वर्षीय पुरुष छन् । उहा जिल्ला अस्पताल बैतडीमा मेडिकल रेकर्डरका रुपमा कार्यरत थिए । डडेल्धुरा अस्पतालमा उपचार क्रममा बिहीबार उहाको ज्यान गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिनु भयो । गत वैशाख १८ गते कोरोना पुष्टि भएका ती स्वास्थ्यकर्मीलाई गत शुक्रबार मात्रै जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा पठाइएको थियो । यस्तै बैतडीमा हालसम्म ४६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।

बिहीवार एक जना स्वास्थ्यकर्मीको ज्यान गएसँगै बैतडीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ जना पुगेको छ । यसअघि जेठ २ गते पाटन नगरपालिका ८ का ३४ वर्षीय पुरुषको पनि डडेल्धुरा अस्पतालमै मृत्यु भएको थियो । साथै जेठ १ गते दशरथचन्द नगरपालिका–४ का २६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा वैशाख २८ गते दशरथचन्द नगरपालिका–४ का ६४ वर्षीय पुरुषको सुदूरपश्चिम सामुदायिक अस्पताल कैलालीमा मृत्यु भयो ।

 वैशाख २७ गते दशरथचन्द नगरपालिका ५ की ६२ वर्षीया महिलाको जिल्ला अस्पताल बैतडीका मृत्यु भएको थियो । यसअघि वैशाख २५ गते मेलौली नगरपालिका २ का ५८ वर्षीय पुरुषको जिल्ला अस्पतालमा, वैशाख २४ गते  पाटन नगरपालिका ४ का ४० वर्षीय पुरुष धनगढी रेफर गरेकोमा बाटोमै, वैशाख २२ गते  पाटन नगरपालिका–१ का ४२ वर्षीय  पुरुषको जिल्ला अस्पतालमा, वैशाख १८ गते दशरथचन्द नगरपालिका ५ का ३२ वर्षीय पुरुषको सेती  प्रादेशिक अस्पताल र वैशाख १३ गते दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३२ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको थियो । यस्तै गत माघ ६ गते पुर्चौडी नगरपालिका ३ का ३० वर्षीय पुरुषको भारतबाट घर फर्किदै गर्दा घर नजिकै र गत पुस १६ गते दशरथचन्द नगरपालिका–४ का ७७ वर्षीय पुरुषको घरमै कोरोनाका कारण ज्यान गएको थियो । बैतडीमा हाल कोरोनाका ८ सय बढी सक्रिय संक्रमित छन् ।

सम्बन्धित

Comments are closed.