कञ्चनपुरमा शुक्रवार २ सय ३५ जना कोरोनाको संक्रमणमुक्त

 कञ्चनपुरमा शुक्रवार थप २ सय ३५ जना कोरोनाको संक्रमणमुक्त भएका छन् । शुक्रवार पिसिआर परीक्षण गर्दा कोरोना देखिएका १ सय ६५ जना र एन्टिजेन परिक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएका ७० जना कोरोनाको संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । योसंगै कञ्चनपुरका कोरोना भाइरसको संक्रमणमुक्त हुनेहरुको कुल संख्या ४ हजार ४ सय ९७ जना पुगेको छ । यसैगरी शुक्रवार कञ्चनपुरमा थप १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५५ जना, वेदकोट नगरपालिकाका २ जना, शुक्लाफाँटा नगरपालिकाका ९ जना, कृष्णपुर नगरपालिकाका ४२ जना, पुर्नवास नगरपालिकाका ५ जना, बेल्डाडी गाउपालिकाका १ जना रहेका छन् ।

 यस्तै गड्डाचौकी नाकामा गरिएको परिक्षणमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी शुक्रवार थप ९ जना कोरोना संक्रमितको ज्यान गएको छ । शुक्रवार ज्यान गुमाउनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का ७७ वर्षीय पुरुष, वडा नम्बर १३ का ३४ वर्षीय पुरुष, वडा नम्बर १५ का ८० वर्षीय पुरुष, वडा नम्बर २ का ५६ वर्षीय पुरुष, भीमदत्त नगरपालिकाको वडा नम्बर ११ का ६५ वर्षीया महिला, कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ का ५८ वर्षीय महिला, शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ का ५२ वर्षीय पुरुष, कृष्णपुर नगरपालिका वडा ४ नम्बर ५५ वर्षीय पुरुष, दोधारा चादँनी नगरपालिका वडा नम्बर ५ का ५० वर्षीय पुरुषको ज्यान गएको छ । योसंगै कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या १ सय ४३ जना पुगेको छ । हाल कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा रहेको आइशोलेसनमा ८४ जना कोरोना संक्रमितको उपचार भइ रहेको छ भने आइसीएचको भवनमा रहेको आइशोलेसनमा १४ जना कोरोना संक्रमितको उपचार भइ रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित

Comments are closed.