कैलालीको सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप २ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा थप २ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५९८ जनाको स्वावको नमुना परिक्षण गर्दा थप २ सय २९ जनामा कोरोना संक्रमण पुस्टि भएको  र  ३६९ जनाको रिपोर्ट नेगेटिभ अएको छ । आज संक्रमण पुस्टि भएका मध्ये धनगढीका मात्र ८८ जना रहेका छन् ।

 त्यस्तै धनगढी बाहेका कैलालीका १ सय जना र अन्य जिल्लाका ४१ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको हो । हाल सेती प्रादेशिक अस्पतालमा १०८ जना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये १६ जना आईसीयूमा र ९० जना अक्सिजन सपोर्टमा उपचाररत रहेको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जना संक्रमित कोरोनाको संक्रमण मुक्त भएका र ११ जना नयाँ सक्रमित भर्ना भएका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.