बाजुरामा अक्सिजन सिलिण्डर आवश्यक पर्ने भन्दै संघीय सरकार, प्रदेश सरकार र सरोकारवालाहरुसंग माग

बाजुरामा अक्सिजन सिलिण्डर आवश्यक पर्ने भन्दै संघीय सरकार, प्रदेश सरकार र सरोकारवालाहरुसंग माग गरिएको छ । शुक्रवार सम्पन्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले अक्सिजन सिलिण्डर माग गर्दै संघीय सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सुदुरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार गरिएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला प्रशासन कार्यालय बाजुराका सुचना अधिकारी समीर भण्डारीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

 हाल बाजुरामा कोरोनाका संक्रिय संक्रमित कम रहेकाले अक्सिजनको अभाव नभइ रहेको भएपनि आगामी दिनमा कोरोना संक्रमित बढेमा अक्सिजनको अभाव हुने भन्दै जिल्ला अस्पताल बाजुराले ७५ देखि १ सयसम्म अक्सिजन सिलिण्डर आवश्यक पर्ने भनेको हुदा सोही अनुसार अक्सिजनको माग गरिएको उहाले बताउनु भयो ।

 शुक्रवारसम्म बाजुरामा कोरोनाका संक्रीय संक्रमितको संख्या १ सय ७८ जना रहेको छ । हालसम्म बाजुरामा ९ सय ५९ जनाको स्वावको नमुना परीक्षण गरिएकोमा ३ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय बाजुराका सुचना अधिकारी एवम् बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिनु भयो । यस्तै बाजुरामा यसअघि यही जेठ ७ गतेसम्म लगाइएको निषेधाज्ञाको अवधि थपेर यही जेठ १४ गतेसम्म पु¥याइएको समेत उहाले जानकारी दिनु भयो ।

 भारतबाट बाजुरा फर्किनेक्रम कायमै रहेकाले विशेष सर्तकता अपनाइएको जनाइएको छ । बाहिरबाट आउनेहरुलाई होम क्वारेन्टाइनमा राख्न पालिकाहरुलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बाजुरामा मुख्य समस्याको रुपमा साफे मार्तडी सडकखण्ड अवरुद्ध हुनु रहेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला प्रशासन कार्यालय बाजुराका सुचना अधिकारी समीर भण्डारीले बताउनु भयो । उहाका अनुसार सो सडकखण्ड अवरुद्ध हुदा बिरामीहरुलाई अन्य जिल्ला पठाउन तथा स्वास्थ्य सामाग्रीहरु भित्र्याउन समस्या हुने गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.