कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार ५ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एक हजार १ स्वावको नमूना परीक्षण गर्दा ५३८ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो । यस्तै सेती प्रादेशिक अस्पतालमा १०३ जनाको उपचार भईरहेको जनाइएको छ । अस्पतालमा आइसीयुमा १६ जना रहेकोका छन्, भने ८३ जना अक्सिजन सर्पोटमा उपचार भईरहेको छ ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचारारत १० जना कोरोनाको संक्रमुक्त भएका छन् भने थप ९ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको उपचारकै क्रममा ज्यान गएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६५ वर्षीय पुरुष, वडा नम्बर ८ का ५८ वर्षीय पुरुष, वडा नम्बर १२ का ४२ वर्षीय पुरुष र गोदावरी नगरपालिका वडा नम्बर ४ का ३५ वषीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
Comments are closed.