शनिवार थप २ सय ५ जना कोरोनाको संक्रमणमुक्त

 कञ्चनपुरमा शनिवार थप २ सय ५ जना कोरोनाको संक्रमणमुक्त भएका छन् । एन्टिजेन विधिबाट परिक्षण गर्दा संक्रमण देखिएका ४४ जना र पिसीआर परिक्षण गर्दा संक्रमण देखिएका १ सय ६१ जना शनिवार कोरोनाको संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । योसंगै कञ्चनपुरमा कोरोनाको संक्रमणमुक्त हुनेको कुल संख्या ४ हजार ७ सय २ जना पुगेको छ । यस्तै शनिवार कञ्चनपुरमा थप १ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३६ जना, वेदकोट नगरपालिकाका ३५ जना, कृष्णपुर नगरपालिकाका ३ जना, पुर्नवास नगरपालिकाका १६ जना, बेलौरी नगरपालिकाका २० जना, दोधारा चादँनी नगरपालिकाका २ जना, बेल्डाडी गाउपालिकाका १ जना रहेका छन् ।

 साथै कञ्चनपुरको गड्डाचौकी नाकामा गरिएको परिक्षणमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी कञ्चनपुरमा थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ । शनिवार ज्यान गुमाउनेमा भीमदत्त नगरपालिका वडा नम्बर ११ का ६८ वर्षीय पुरुष र कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ का ७२ वर्षीया महिला रहेका छन् । शनिवार २ जनाले ज्यान गुमाएसंगै कञ्चनपुरमा हालसम्म कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या १ सय ४५ जना पुगेको छ, जसमा १ सय २ जना पुरुष र ४३ जना महिला रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.