बजार अनुगमन भइ रहेको सरोकारवालाहरुको भनाई

 निषेधाज्ञाको अवधिमा कालोबजारी नहोस् भन्नका लागि कैलालीमा बजार अनुगमन भइ रहेको सरोकारवालाहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालय कैलाली, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली लगायतको सरोकावालाहरुको टोलीले बजार अनुगमन गरी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता हीरालाल चौधरीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । उहाका अनुसार कालोबजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कैलालीका प्रतिनिधी एवम् वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलालीका प्रमुख सहितको टोलीले बजार अनुगमन गर्ने गरेको छ ।

 बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय कैलालीको प्रतिनिधी भएर खटिने प्रशासकिय अधिकृत शिवराज जोशीले कालोबजारी नियन्त्रणका लागि निरन्तर अनुगमन भइ रहेको दाबी गर्नु भयो । शुक्लाफाँटा एफ्.एमसंग कुराकानी गर्दै उहाले निषेधाज्ञाको अवधिमा झनै कालोबजारी हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बजार अनुगमनलाई थप प्रभावकारी बनाउने कार्य भइ रहेको छ । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलालीका प्रमुख कमल पुनले जिल्ला प्रशासन कार्यालय कैलालीका प्रतिनिधी सहितले बजार अनुगमन गरी रहेको र कालोबजारी गर्ने व्यापारीहरुलाई कार्बाही समेत गरिएको बताउनु भयो ।

 उहाका अनुसार निषेधाज्ञा जारी भएदेखि हालसम्म कैलालीका अनुचित कार्य गर्ने ३ वटा पसललाई जरीवाना गराइएको छ । त्यसबाट १ लाख ५ हजार रुपैया उठेको समेत उहाले बताउनु भयो । यस्तै ५०÷६० पसलहरुलाई मुल्यवृद्धि नगर्ने सचेत गराइएको बताउनु भयो । कुनै स्थानमा कालोबजारी भइ रहेको छ भने उपभोक्ताहरुले तपाईहरुसंग कसरी सम्पर्क गर्ने भनेर प्रश्न गर्दा वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलालीका प्रमुख प्रमुख कमल पुनले कार्यालय समयमा ०९१५२४५७६ मा सम्पर्क गर्न सकिने र अन्य समयमा ९८४८४२५०७१ मा सम्पर्क गर्न सकिने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.