कञ्चनपुरमा आईतवार थप २ सय ५१ जना कोरोनाको संक्रमणमुक्त,

 कञ्चनपुरमा आईतवार थप २ सय ५१ जना कोरोनाको संक्रमणमुक्त भएका छन् । एन्टिजेन विधिबाट परिक्षण गर्दा संक्रमण पुष्टि भएका ४५ जना र पिसीआर परिक्षण गर्दा संक्रमण पुष्टि भएका २ सय ६ जना कोरोनाको संक्रमणमुक्त भएका छन् । आइतवार २ सय ५१ जना कोरोनाको संक्रमणमुक्त भएसंगै कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणमुक्त हुनेको कुल संख्या ४ हजार ९ सय ५८ जना पुगेको छ । यस्तै आईतवार कञ्चनपुरमा ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट परिक्षण गर्दा ३५ जनामा र पिसीआर विधिबाट परिक्षण गर्दा ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

 आईतवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३१ जना, वेदकोट नगरपालिकाका ४ जना, शुक्लाफाँटा नगरपालिकाका ४ जना, पुर्नवास नगरपालिकाका ३ जना, बेलौरी नगरपालिकाका ९ जना, दोधारा चादँनी नगरपालिकाका ८ जना, बेल्डाडी गाउपालिकाा ३ जना रहेका छन् । साथै कञ्चनपुरको गड्डाचौकी नाकामा गरिएको परिक्षणमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल कञ्चनपुरमा कोरोनाका संक्रिय संक्रमितको संख्या १ हजार २ सय ३ जना रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

 यसैगरी कञ्चनपुरमा आईतवार थप १ जना कोरोना संक्रमितको ज्यान गएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ६ का ६० वर्षीया महिलाको ज्यान गएको हो । आइतवार कञ्चनपुरमा कोरोनाको संक्रमणका कारण १ जनाको ज्यान गएसंगै हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या १ सय ४६ जना पुगेको छ । तीमध्ये पुरुष १ सय २ जना रहेका छन् भने महिला ४४ जना रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । हाल कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा ६९ जना कोरोनाका संक्रमितको उपचार भइ रहेको छ भने आइसीएचको भवनमा रहेको आइशोलेसनमा १३ जना कोरोना संक्रमितको उपचार भइ रहेको छ ।

सम्बन्धित

Comments are closed.