कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा १ सय २९ जनामा सङ्क्रमण पुष्टि,

 कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरीएको कोरोना परीक्षणमा १ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । ५ सय ६५ जनाको स्वाब परीक्षण गरीएकोमा ४ सय ३६ जनाको रिपोट नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार तीमध्ये कैलालीको धनगढीका मात्रै ७ पुरुष र १ महिला गरी ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कैलालीकै अन्य ठाउँका १ सय २१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सम्बन्धित

Comments are closed.