कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ का ६० वर्षीया महिला, कैलारी गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीया महिला, वडा नम्बर ७ का ३५ वर्षीय पुरुष, वडा नम्बर ८ का ६० वर्षीया महिलाको ज्यान गएको हो । यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुष, बेलौरी नगरपालिका वडा नम्बर ४४ वर्षीय पुरुषको समेत ज्यान गएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनु भयो ।
यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ७ सय ५२ जनाको नमुना परिक्षण गर्दा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ । हाल सेती प्रादेशिक अस्पतालमा ८१ जना कोरोनाका संक्रमितहरुको उपचार भइ रहेको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमित भने कोरोनाको संक्रमण मुक्त भएका रे १४ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका सूचना अधिकारी श्रेष्ठले बताउनु भयो ।
Comments are closed.