कञ्चनपुरमा सोमवार थप २ सय ९ जना कोरोनाको संक्रमणमुक्त भएका छन् । एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएका ४३ जना र पिसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएका १ सय ६६ जना सोमवार कोरोनाको संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । योसंगै कञ्चनपुरमा कोरोनाको संक्रमण मुक्त हुनेको कुल संख्या ५ हजार १ सय ६७ जना पुगेको छ । यस्तै सोमवार कञ्चनपुरमा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा २८ जना र पिसीआर परिक्षण गर्दा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सोमवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना, शुक्लाफाँटा नगरपालिकाका १४ जना, पुर्नवास नगरपालिकाका ४ जना, दोधारा चाँदनी नगरपालिकाका १० जना, लालझाडी गाउपालिकाका ५ जना रहेका छन् ।
साथै कञ्चनपुरको गड्डाचौकी नाकामा गरिएको परिक्षणमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल कञ्चनपुरमा १ हजार २२ जना कोरोनाका संक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यसैगरी कञ्चनपुरमा सोमवार ६ जना कोरोना संक्रिमतको ज्यान गएको छ । सोमवार कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ का ६५ वर्षीय पुरुष, भीमदत्त नगरपालिकाकै वडा नम्बर ५ का ३५ वर्षीय पुरुष, कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ का ४५ वर्षीय पुरुष, बेलौरी नगरपालिकाकै वडा नम्बर ६ की ५४ वर्षीया महिला, कचनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुष र बझाङका ८७ वर्षीय पुरुष रहेका छन् । सोमवार कञ्चनपुरमा ६ जना कोरोना संक्रमितको ज्यान गएसंगै हालसम्म कञ्चनपुरमा ज्यान गुमाउनेको कुल संख्या १ सय ५१ जना पुगेको छ । तीमध्ये १ सय ५ जना पुरुष रहेका छन् भने ४६ जना महिला रहेका छन् ।