डडेल्धुरामा जारी निषेधाज्ञा प्रभावकारी बनाउन सवारी पासहरु खारेज गरिएको छ । यही जेठ ९ गतेसम्म जारी गरिएका सबै सवारी पासहरु ( मालबाहक ट्रक, निर्माण सामाग्रीका ट्रक, हेबी इक्वीपमेन्ट र ट्रयाक्टर बाहेक) यही जेठ १० गतेसम्म मान्य हुने र सो पश्चात उल्लेखित पासहरु खारेज गरिएका जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । यसैगरी यही जेठ ११ गतेदेखि अत्यावश्यक सेवाका लागि सवारी पासको अनुमति यही जेठ ३ गते जारी गरिएको आदेश बमोजिक हुने समेत जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।
Comments are closed.