कञ्चनपुरमा  मंगलवार १ सय २ जना कोरोनाको संक्रमणमुक्त

 कञ्चनपुरमा  मंगलवार थप १ सय २ जना कोरोनाको संक्रमणमुक्त भएका छन् । एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएका २० जना र पीसीआर विधिबाट परिक्षण गर्दा संक्रमण पुष्टि भएका ८२ जना कोरोनाको संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । मंगलवार थप १ सय २ जना कोरोनाको संक्रमणमुक्त भएसंगै हालसम्म कञ्चनपुरमा कोरोनाको संक्रमणमुक्त हुनेको कुल संख्या ५ हजार २ सय ६६ जना पुगेको छ । यस्तै मंगलवार थप १ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 पिसीआर विधिबाट परिक्षण गर्दा १ सय २२ जना र एन्टिजेन विधिबाट परिक्षण गर्दा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मंगलवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७३ जना, वेदकोट नगरपालिकाका १६ जना, पुर्नवास नगरपालिकाका १७ जना, दोधाराचादँनी नगरपालिकाका १२ जना, बेलौरी नगरपालिकाका २२ जना रहेका छन् । साथै कञ्चनपुरको गड्डाचौकी नाकामा गरिएको परिक्षणमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल कञ्चनपुरमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ६२ जना रहेको छ ।

 यसैगरी मंगलवार कञ्चनपुरमा थप १ जना कोरोना संक्रमितको ज्यान गएको छ । मंगलवार ज्यान गुमाउनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ की ४९ वर्षीया महिला रहेका छन् । योसंगै कञ्चनपुरमा हालसम्म कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या १ सय ५२ जना पुगेको छ । तीमध्ये पुरुष १ सय ५ जना रहेका छन् भने महिला ४७ जना रहेका छन् । हाल कञ्चनपुरको महाकाली अस्पतालमा रहेको आइशोलेसनमा ४८ जना र आइसीएचको भवनमा रहेको आइशोलेसनमा १९ जना कोरोना संक्रमितको उपचार भइ रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित

Comments are closed.