कैलालीको सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरीएको कोरोना परीक्षणमा १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ सय ५४ जनाको स्वाब परीक्षण गरीएकोमा ५ सय २१ जनाको रिपोट नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पतालमा हाल ६५ जना कोरोना संक्रमितको उपचार भइ रहेको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट १६ जना कोरोनामुक्त भएका छन् भने थप ४ जना अस्पतालमा भर्ना भएका छन् ।

 यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचारारत ४ जना कोरोना संक्रमितको उपचारकै क्रममा ज्यान गएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेहरुमा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ का ६० वर्षीय पुरुष, कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० का ५१ वर्षीय पुरुष, कैलालीको गोदावरी नगरपालिकाकै वडा नम्बर ९ का ४५ वर्षीय पुरुष र कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय पुरुष रहेका छन् ।

सम्बन्धित

Comments are closed.