सवारी साधनमा प्रेस लेखेर त्यसको दुरुपयोग नगर्न नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको अनुरोध,

 नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिले सवारी साधनमा प्रेस लेखेर त्यसको दुरुपयोग नगर्न नगराउनु अनुरोध गरेको छ । कोरोनाको संक्रमणका बेला जोखिम मोलेरै पत्रकारहरुले आफ्नो पेशामा लागिरहदा केही व्यक्तिहरुले आफ्ना सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिले त्यसो नगर्न अनुरोध गरेको हो । यदि कसैले लकडाउन अवधि वा त्यसपछि पनि यस्ता कार्य गरेको पाइएमा पत्रकारिताको दुरुपयोग गरेको कसुरमा कानुनी कारबाही हुने समेत नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिद्धारा मंगलवार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै कुनैपनि गलत कार्यमा संलग्न जोसुकैलाई सवारी साधनमा प्रेस लेखेकै कारण सहानुभुति नदेखाउन समेत नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिले सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.