कञ्चनपुरमा बुधवार थप १ सय ३२ जना कोरोनाको संक्रमणमुक्त

 कञ्चनपुरमा बुधवार थप १ सय ३२ जना कोरोनाको संक्रमणमुक्त भएका छन् । एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएका १७ जना र पिसीआर परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएका १ सय १५ जना कोरोनाको संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै बुधवार कञ्चनपुरमा थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आरटी पिसीआर परिक्षण गर्दा ५४ जनामा र एन्टिजेन विधिबाट परिक्षण गर्दा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आरटीपिसीआर परिक्षण गर्दा कञ्चनपुरको भीमदत्त नगरपालिकाका २९ जना, शुक्लाफाँटा नगरपालिकाका २ जना, कृष्णपुर नगरपालिकाका ८ जना, दोधारा चादँनी नगरपालिकाका १ जना, बेलौरी नगरपालिकाका ११ जना र लालझाडी गाउपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 यस्तै एन्टिजेन विधिबाट परिक्षण गर्दा कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जनामा, दोधारा चादँनी नगरपालिकाका ५ जनामा, शुक्लाफाँटा नगरपालिकाका ४ जनामा, कृष्णपुर नगरपालिकाका ४ जनामा र गड्डाचौकी नाकामा गरिएको परिक्षणमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यसैगरी कञ्चनपुरमा बुधवार थप ३ जना कोरोना संक्रमितको ज्यान गएको छ । बुधवार ज्यान गुमाउने कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय पुरुष, कृष्णपुर नगरपालिकाकै वडा नम्बर ९ का ५२ वर्षीय पुरुष र कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ४ का ६० वर्षीय पुरुष रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.