कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको ज्यान गयो

 कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको ज्यान गएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४५ वर्षीया महिला, वडा नम्बर ५ का ३१ वर्षीय महिला, गोदावरी नगरपालिका वडा नम्बर ९ का ४४ वर्षीय पुरुषको ज्यान गएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाका अनुसार हाल सेती प्रादेशिक अस्पतालमा ६६ जना कोरोना संक्रमितहरुको उपचार भइ रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.