कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गर्न आउने पर्यटकहरुको संख्या निषेधाज्ञा जारी पछि शुन्य जस्तै भएको छ । कोरोनाको संक्रमणको रोकथामका लागि भन्दै कञ्चनपुरमा पनि निषेधाज्ञा गरिएसंगै कञ्चनपुरको प्रमुख पर्यटकीय क्षेत्रमध्येको एक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गर्न पुग्ने पर्यटकको संख्या शुन्य जस्तै भएको हो । कोरोनाको संक्रमण रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेपश्चात पर्यटकहरुलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशमा रोक लगाइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत रबिन चौधरीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । यस चालु आर्थिक वर्ष २०७७÷७८ मा निषेधाज्ञा जारी हुनु पुर्व शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करीब ३ हजार जना पर्यटकहरुले अवलोकन गरेका छन् ।
जुन संख्या गत आर्थिक वर्ष २०७६÷७७ को तुलनामा बढि हो । आर्थिक वर्ष २०७६÷७७ मा १ हजार ७ सय ७५ जनाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका थिए । यस्तै पछिल्लो समय वन अपराध र वन्यजन्तु तस्करी सम्बन्धी ४ वटा मुद्धा दर्ता भएका समेत उहाले जानकारी दिनु भयो । २ वन अपराध सम्बन्धी र २ वटा वन्यजन्तु चोरी सिकारी सम्बन्धी मुद्धा दर्ता भएका र ती अपराधमा संलग्नलाई कार्बाही गरिएको समेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत रबिन चौधरीले जानकारी दिनु भयो ।
साथै उहाले ठुलो किसिमको अपराधन भने हालसम्म नभएको बताउनु भयो । सुरक्षामा कडाई गरिएकाले पनि ठुला अपराध नभएका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत चौधरीले बताउनु भयो । साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा मात्रै १० वटा कृत्रिम पोखरी निर्माण गरिएका छन् । वन्यजन्तुलाई पानीको सुविधा होस् भनेर हालसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विभिन्न कृत्रिम पोखरी निर्माण गरिएका छन् । हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र १ सय भन्दा बढि पोखरीहरु रहेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैडा, सयौँको संख्यामा कृष्णसार र अन्य जनावरहरु रहेका छन् जुन पर्यटकहरुका लागि आकर्षणका स्रोतहरु बन्ने गरेको छन् । कञ्चनपुरमा यस वर्ष पर्यटकहरु बढि भित्रिने सिजनकै निषेधाज्ञा जारी हुदा पर्यटकहरुको संख्या बढ्न नसकेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत रबिन चौधरीले बताउनु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षणका लागि भन्दै सुरक्षाकर्मीहरुका १५ वटा पोष्ट रहेका छन् ।
Comments are closed.