बिहीवार कञ्चनपुरमा २ सय १८ जना कोरोनाको संक्रमणमुक्त

 बिहीवार कञ्चनपुरमा २ सय १८ जना कोरोनाको संक्रमणमुक्त भएका छन् । एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ५१ जना र पिसीआर परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएका १ सय ६७ जना गरि कुल २ सय १८ जना कोरोनाको संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । बिहीवार थप २ सय १८ जना कोरोनाको संक्रमणमुक्त भएसंगै हालसम्म कञ्चनपुरमा कोरोनाको संक्रमणमुक्त हुनेको कुल संख्या ५ हजार ६ सय ७ जना पुगेको छ । यसैगरी बिहीवार कञ्चनपुरमा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 एन्टिजेन विधिबाट परिक्षण गर्दा ३३ जनामा र पिसीआर परिक्षण गर्दा २९ जनामा गरी कुल ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । बिहीवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका १५ जना, वेदकोट नगरपालिकाका ४ जना, शुक्लाफाँटा नगरपालिकाका २ जना, कृष्णपुर नगरपालिकाका ८ जना, पुर्नवास नगरपालिकाका १३ जना, दोधारा चादँनी नगरपालिकाका ११ जना, बेलौरी नगरपालिकाका ५ जना रहेका छन् । साथै कञ्चनपुरको गड्डाचौकी नाकामा गरिएको परिक्षणमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यसैगरी कञ्चनपुरमा थप ४ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

 बिहीवार कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ५ की ४८ वर्षीया महिला, भीमदत्त नगरपालिकाको वडा नम्बर ६ की ८० वर्षीया महिला, वेदको नगरपालिका वडा नम्बर ६ की ४७ वर्षीया महिला र वेदकोट नगरपालिका वडा नम्बर ७ का ४८ वर्षीय पुरुष रहेका छन् । बिहीवार कञ्चनपुरमा थप ४ जना कोरोना संक्रमितको ज्यान गएसंगै कञ्चनपुरमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ५९ जना पुगेको छ । तीमध्ये पुरुष १ सय १० जना रहेका छन् भने महिला ४९ जना रहेका छन् । यस्तै हाल कञ्चनपुरमा ८ सय ३८ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । हाल कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा रहेको आइशोलेसनमा ५० जनाको र आइसीएचको भवनमा रहेको आइशोलेसनमा १९ जना कोरोना संक्रमितको उपचार भइ रहेको छ ।

सम्बन्धित

Comments are closed.