कञ्चनपुरमा एक जना व्यक्ति प्रहरीद्धारा लागु औषध सहित पक्राउ

 कञ्चनपुरमा एक जना व्यक्तिलाई प्रहरी लागु औषध सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ भगतपुर पक्कि सडक खण्ड स्थित उभिई रहेको अवस्थामा शंका लागेर चेकजाच गर्ने क्रममा एक जनालाई खैरो हिरोइन सहित पक्राउ गरेको हो । भीमदत्त नगरपालिका वडा नम्बर १८ भगतपुर नै बस्ने वर्ष २० को हरी चौधरीलाई चेक जाँच गर्दा निजको साथबाट लागु औषध (खैरो हेरोईन) १.६६ ग्राम सहित निजलाई नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता समेत रहनु भएका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो । निज चौधरीलाई बुधवार राती पक्राउ गरिएको भएपनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।

सम्बन्धित

Comments are closed.