कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ८११ जनाको स्वावको नमुना परीक्षण गर्दा थप १३४ जनामा कोरोना संक्रमण पुस्टि भएको हो । त्यस्तै ६७७ जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनु भयो । उहाका अनुसार पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमित कोरोनाको संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् भने थप ६ जना अस्पताल भर्ना भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचाररत कुनै पनि कोरोना संक्रमितको ज्यान नगएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।