कञ्चनपुरमा शुक्रवार ७६ जना कोरोनाको संक्रमणमुक्त

 कञ्चनपुरमा शुक्रवार थप ७६ जना कोरोनाको संक्रमणमुक्त भएका छन् । एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३९ जना र पिसीआर विधिबाट परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३७ जना कोरोनाको संक्रमण मुक्त भएका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरमा शुक्रवार थप ७६ जना कोरोनाको संक्रमण मुक्त भएसंगै हालसम्म कञ्चनपुरमा कोरोनाको संक्रमणमुक्त हुनेको कुल संख्या ५ हजार ६ सय ८३ जना पुगेको छ । यस्तै शुक्रवार कञ्चनपुरमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 शुक्रवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ जना, वेदकोट नगरपालिकाका ३ जना, शुक्लाफाँटा नगरपालिकाका ९ जना, कृष्णपुर नगरपालिकाका १ जना, पुर्नवास नगरपालिकाका १६ जना, दोधारा चादँनी नगरपालिकाका ८ जना, बेलौरी नगरपालिकाका ४ जना, लालझाडी गाउपालिकाका १ जना रहेका छन् । साथै कञ्चनपुरको गड्डाचौकी नाकामा गरिएको परिक्षणमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल कञ्चनपुरमा ८ सय १८ जना कोरोनाका संक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै कञ्चनपुरमा संस्थागत आइशोलेसनमा १ सय १२ जना र होम आइशोलेसनमा ७ सय ६ जना कोरोनाका संक्रमितहरु रहेका छन् ।

 यसैगरी कञ्चनपुरमा थप १ जना कोरोना संक्रमितको ज्यान गएको छ । शुक्रवार कोरोना संक्रमणको कारण ज्यान गुमाउनेमा कञ्चनपुरको बेल्डाडी गाउपालिकाको वडा नम्बर ४ की ४५ वर्षीया महिला रहेकी स्वास्थय कार्यालय कञ्चनपुरले जनाएको छ । योसंगै कञ्चनपुरमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या १ सय ६० जना पुगेको छ । पालिकाहरुले दिएको तथ्यांक अनुसार हालसम्म कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेमा भीमदत्त नगरपालिकाका ९० जना, वेदकोट नगरपालिकाका १५ जना, दोधाराचादँनी नगरपालिकाका १३ जना, शुक्लाफाँटा नगरपालिकाका ९ जना, कृष्णपुर नगरपालिकाका ११ जना, पुर्नवास नगरपालिकाका ७ जना, बेलौरी नगरपालिकाका १० जना, लालझाडी गाउपालिकाका १ जना र बेल्डाडी गाउपालिकाका ४ जना रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.