कञ्चनपुरमा कोभिड १९ को संक्रमण रोकथामका जारी भएको आदेशको उल्लंघन वा कार्यान्वयनमा बाधा अवरोध सिर्जना गरेको पाइएमा कारबाही हुने,

 कञ्चनपुरमा कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धमा जारी भएको आदेशको उल्लंघन वा कार्यान्वयनमा बाधा अवरोध सिर्जना गरेको पाइएमा कारबाही हुने भएको छ । आदेश बमोजिमको कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्ष सम्म कैद वा पाच लाख रुपैयासम्म जरिवाना वा दुवै सजाय हुन सक्ने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । साथै जारी भएको मापदण्डको पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयासम्म जरिवारा वा दुवै सजाय हुन सक्ने भएको छ ।

 कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम आदेशको उल्लंघन वा बाधा अवरोध गरेमा प्रमुख जिल्ला अधिकारीले तत्काल जरिवाना गराउन सक्ने जनाइएको छ । कुनै व्यक्तिले आदेशेको उल्लंघन गरेमा एक लाख रुपैयासम्म र कुनै संस्थाले आदेशको उंल्लंघन गरेमा पाचँ लाख रुपैयासम्म जरिवाना प्रमुख जिल्ला अधिकारीले गराउन सक्ने अध्यादेशमा उल्लेख गरिएको छ । यसैगरी मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैया जरिवाना सुरक्षाकर्मीले तिराउन सक्ने भएको छ ।

सम्बन्धित

Comments are closed.