कञ्चनपुरमा आईतवार १ सय ८९ जना कोरोनाको संक्रमणमुक्त

कञ्चनपुरमा आईतवार थप १ सय ८९ जना कोरोनाको संक्रमणमुक्त भएका छन् । एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएका ७५ जना र पिसीआर विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएका १ सय १४ जना आईतवार कोरोनाको संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । योसंगै कञ्चनपुरमा हालसम्म कोरोनाको संक्रमण हुनेको कुल संख्या ५ हजार ९ सय ९१ जना पुगेको छ । यस्तै आईतवार कञ्चनपुरमा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 आईतवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ११ जना, शुक्लाफाँटा नगरपालिकाका ५ जना, कृष्णपुर नगरपालिकाका ३ जना, पुर्नवास नगरपालिकाका ९ जना, दोधारा चादँनी नगरपालिकाका ७ जना, बेलौरी नगरपालिकाका १ जना, बेल्डाडी गाउपालिकका ५ जना रहेका छन् । साथै कञ्चनपुरको गड्डाचौकी नाकामा गरिएको परिक्षणमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरमा आईतवार थप ५ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

 आईतवार ज्यान गुमाउने कोरोना संक्रमितमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ का ४९ वर्षीय पुरष, भीमदत्त नगरपालिका वडा नम्बर १६ की ६० वर्षीया महिला, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० ५२ वर्षीय पुरुष, कृष्णपुर नगरपालिका वडा नम्बर २ का ३५ वर्षीय पुरुष र कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ का ७६ वर्षका पुरुष रहेका छन् । योसंगै कञ्चनपुरमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या १ सय ६७ जना पुगेको छ । कञ्चनपुरमा हाल ६ सय १३ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । यस्तै कञ्चनपुरमा संस्थागत आइशोलेसनमा ९८ जनामा र होम आइशोलेसनमा ५ सय १५ जना कोरोना संक्रमित रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.