सुदुरपश्चिम प्रदेशका पहाडि जिल्लाहरुमा खाद्यान्नको अभाव हुने चिन्ता बढ्दै,

 कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै निषेधाज्ञा गरीएपछि सुदुरपश्चिम प्रदेशका पहाडि जिल्लाहरुमा खाद्यान्नको अभाव हुने चिन्ता बढ्न थालेको छ । सामान्य अवस्थामा पनि कहिले सडकको समस्याका कारण त कहिले अन्य कारण समयमा नै खाद्यान्न नपुग्दा सुुदुरपश्चिम प्रदेशका पहाडि जिल्लाका नागरीकहरुलाई खाद्यान्नको समस्या हुने गर्दथ्यो । अहिले झनै निषेधाज्ञा जारी भएको अवस्थामा खाद्यान्नको अभाव हुन सक्ने चिन्ता बढ्न थालेको हो । तर अहिले भने बझाङमा खाद्यान्नको अभाव नरहेको बझाङका सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला प्रशासन कार्यालय बझाङका सुचना अधिकारी विष्णु प्रसाद सुवेदीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । हालसम्म खाद्यान्नको अभाव रहेको भन्ने जानकारी जिल्ला प्रशासन कार्यालय बझाङसम्म आए नपुगेको उहाले बताउनु भयो ।

 यसैविच बाजुरा जिल्लामा पनि बजारमा खाद्यान्नको समस्या नभएपनि खाद्य संस्थानमा भने केही कमी रहेको बाजुरका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । उहाका अनुसार खाद्य संस्थानका डिपोमा केही अभाव भएको र अहिले पुन एक साता भित्रै खाद्यान्नको आपुर्ति गरिने खबर आएको छ । बाजुरामा बाजुराको जिल्ला सदरमुकाम र कोल्टीमा गरी दुई स्थानमा खाद्य डिपो रहेका छन् । अहिले कोरोनाको संक्रमण रोकथामका लागि भन्दै निषेधाज्ञा जारी गरिएकाले निषेधाज्ञाको समयमा खाद्यान्नको अभाव नहोस् भन्नका लागि तीन तहका सरकारले समन्यवत्यामक भुमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

सम्बन्धित

Comments are closed.