कैलालीको सेती प्रादेशिक अस्पतालमा २३५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि

 कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ७४८ जनाको स्वावको नमुना परीक्षण गर्दा थप २३५ जनामा कोरोना संक्रमण पुस्टि भएको हो । त्यस्तै ५ सय १३ जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनु भयो । उहाका अनुसार पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको ज्यान गएको छ । साथै थप ८ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने ६ जना निको भई घर फर्केका जनाइएको छ । हाल सेती प्रादेशिक अस्पतालमा ४७ जना संक्रमित उपचाररत रहेका जनाइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.