कञ्चनपुरमा सोमवार थप ९९ जना कोरोनाको संक्रमणमुक्त

 कञ्चनपुरमा सोमवार थप ९९ जना कोरोनाको संक्रमणमुक्त भएका छन् एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ४३ जना र पिसीआर विधिबाट परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ५६ जना गरी कुल ९९ जना सोमवार कोरोना भाइरसको संक्रमण मुक्त भएका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । योसंगै कञ्चनपुरमा कोरोना भाइरसको संंक्रमणबाट मुक्त हुनेको कुल संख्या ६ हजार २ सय जना पुगेको छ । यस्तै कञ्चनपुरमा शनिवार थप ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा र पिसीआर विधिबाट परीक्षण गर्दा ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । सोमवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका १६ जना, वेदकोट नगरपालिकाका ४ जना, शुक्लाफाँटा नगरपालिकाका ५ जना, कृष्णपुर नगरपालिकाका १७ जना, पुर्नवास नगरपालिकाका १ जना, दोधारा चादँनी नगरपालिकाका ३ जना, बेलौरी नगरपालिकाका २ज्ञ जना र लालझाडी गाउपालिकाका १ जना रहेका छन् । यसैगरी कञ्चनपुरमा सोमवार थप ३ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

 सोमवार ज्यान गुमाउने कोरोना संक्रमितमा कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ का ५५ वर्षीय पुरुष, बेलौरी नगरपालिका वडा नम्बर ५ का ३५ वर्षीय पुरुष र कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ का ६८ वर्षीय पुरुष रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । हाल कञ्चनपुरमा ५ सय ७९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । यस्तै कञ्चनपुरमा हाल संस्थागत आइशोलेसनमा ९९ जना र होम आइशोलेसनमा ४ सय ८० जना कोरोना संक्रमित रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.