कैलालीको सेती प्रादेशिक अस्पतालमा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 सोमबार कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा २ सय ८१ जनाको स्वावको नमुना परीक्षण गर्दा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनु भयो । सोमबार सेती प्रादेशिक अस्पतालमा उपचाररत संक्रमितमध्ये कुनै पनि संक्रमितको ज्यान नगएको जनाइएको छ । पछिल्लो २४ घण्टामा ६ जना कोरोनाको संक्रमणमुक्त भई डिस्चार्च भएका छन् भने थप १० जना नयाँ संक्रमित भर्ना भएका सेती प्रादेशिक अस्पतालले जनाएको छ । हाल सेती अस्पतालमा ५१ जना संक्रमित उपचाररत छन् ।

सम्बन्धित

Comments are closed.