सुदुरपश्चिममा कोरोना महामारीकै बिच पनि चेलीबेटीहरुलाई बेचखिन गर्ने क्रम रोकिएन्,

 सुदुरपश्चिममा कोरोनाका कहरकै बिच पनि चेलीबेटीहरुलाई बेचखिन गर्ने क्रम रोकिन नसकेको देखिएको छ । चेलीबेटी बेचबिखन रोकथाममा काम गरिरहेका संघ संस्थाहरुको तथ्यांक हेर्दा चैत्र यता बेचबिखनको जोखिममा परेका धेरै चेलीहरुलाई सिमानाका बाट उद्धार गरिएको छ । शान्ति पुनस्र्थापना गृह धनगढी कैलालीका अनुसार चालु आर्थिक बर्ष ०७७÷७८ को हाल सम्म २ सय २० जना महिला तथा वालिकाको सिमाबाट उद्धार गरिएको छ । बेचबिखनको जोखिममा परेका ६५ जना महिला तथा वालिकालाई आर्थिक बर्ष ०७६÷७७ मा नाकाबाट उद्धार गरिएको छ ।

 आर्थिक बर्ष ०७५÷७६ मा ६७ जना नेपाली चेलीलाई सिमानाका त्रिनगरबाट उद्धार गरिएको शान्ति पुनस्र्थापना गृह धनगढी कैलालीका प्रमुख उमेश शिवाकोटीले बताउनु भयो । कोरोनाका कारण धेरैले रोजगारी गुमाएको बेला अहिले पनि रोजगारीको प्रलोचनमा र केहिलाई प्रेम विवाहका नाममा बेचबिखनका लागि लग्नेहरुको संख्या बढेको उहाको भनाई छ । शान्ति पुनस्र्थापना गृह कैलालीका अनुसार देश बाहिर मात्रै होइन, अहिले देश भित्रै पनि महिला तथा वालिकाहरु बेचबिखनमा पर्ने गरेको र कति यौन हिंशा सहन बाध्य भएको देखिएको छ ।

 जेष्ठ १३ गते मात्रै प्रहरी सहितको सहभागितामा शान्ति पुनस्र्थापना गृह कैलालीले लामो समय देखी यौनहिंसामा परेका ६ देखी १३ बर्ष उमेरका ६ वालिकालाई उद्धार गरेको छ । शान्ति पुनस्र्थापना गृह धनगढी कैलालीका प्रमुख शिवाकोटीले कैलालीको गोदावरी नगरपालिका २ वनखेतस्थित अहिंसावादी विश्वशान्ति धर्म चक्र बौद्ध गुम्बाबाट वालिका सहित ३ वालकलाई उद्धार गरिएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अनुसन्धानका लागि पक्राउ गरिएका ति गुम्बाकासंरक्षक गणेश मोक्तानलाई बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता गरिएको छ । धेरै जसो घटनामा नजिकका ब्यक्ति र आफन्तबाट वालिकाहरु यौनहिंसामा पर्ने गरेको देखिएकोले अभिभावकहरुले सन्तानको निगरानी बढाउन आवस्यक रहेको शान्ति पुनस्र्थापना गृह धनगढी कैलालीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.