कैलालीमा पालिकाहरु स्वास्थ्य पुर्वाधारको विकासका लागि पहल गर्दै,

 कैलालीमा दुई वटा पालिकाहरुले स्वास्थ्य पुर्वाधारको विकासका लागि पहल गरेको बताएका छन् । कोरोनाको महामारीले नेपालको स्वास्थ्य क्षेत्रको दयनीय अवस्था देखाइ दिएपछि पालिकाहरुले स्वास्थ्य पुर्वाधारका लागि विभिन्न कार्यहरु गरी रहेको बताएका हुन् । कैलालीको लम्कीचुहा नगरपालिकाले स्वास्थ्य क्षेत्रको विकासका लागि भन्दै विभिन्न कार्यहरु गरी रहेको बताएको छ । १५ सय बेडको अस्पतालको निर्माण कार्य सम्पन्न भइ सकेका र ५० बेडको आइशोलेसन निर्माण गरिएको कैलालीको लम्कीचुहा नगपालिकाका नगर प्रमुख महादेव बजगाईले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । साथै कैलालीको लम्कीचुहा नगरपालिकाका प्रत्येक वडामा स्वाथ्य चौकी समेत निर्माण गरिएको उहाले बताउनु भयो । यसैगरी लम्कीचुहाँ नगरपालिकामा ५० शैय्याको अस्पताल निर्माणका कार्यको पनि आधा काम सम्पन्न भइ सकेको लम्कीचुहा नगरपालिकाका नगर प्रमुख बजगाईले जानकारी दिनु भयो ।

यसैगरी कैलालीको जोशीपुर गाउपालिकाले पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको जनाएको छ । हाल जोशी गाउपालिकामा २ वटा सामुदायिक स्वास्थ्य केन्द्र, एउटा स्वास्थ्य चौकी र एउटा स्वास्थ्य केन्द्र रहेको छ । कैलालीको जोशीपुर गाउपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले आइशोलेसन र स्वास्थ्य चौकी निर्माणको कार्यलाई प्राथमिकता दिएको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । साथै जोशीपुर गाउपालिकाको बौनियामा ५ बेडको आइशोलेसन निर्माण गरिएको उहाले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.