कञ्चनपुरमा निशेधाज्ञा जारी गरिएको एक महिना बितिसक्दा समेत कञ्चनपुरका पालिकाहरुले कोरोनाका कारण प्रभावित नागरिकहरुका लागि राहत वितरणका बिषयमा कुनै प्रभावकारी योजना नै नबनाएको पाईएको छ । राहत वितरणका विषयमा हालसम्म कुनैपनि योजना नबनाईएका पालिकाहरुमध्ये दुई रहेका छन् कञ्चनपुरका शुक्लाफाटा नगरपालिका र कृष्णपुर नगरपालिका । कोरोनाका कारण प्रभावित नागरिकहरुका लागि कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा राहत वितरणका विषयमा हाल कुनैपनि योजना नरहेको कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका नगरप्रबक्ता जगत बहादुर सिंहले जानकारी दिनुभयो । यसअघि शुक्लाफाटा नगरपालिकाका नगरप्रबक्ता सिंहले शुक्लाफाटा एफएम सँग कुराकानी गर्दै नगरपालिकाद्धारा राहत वितरणका विषयमा छलफल गरेर अघि बढिने बताउनुभएको भएपनि अहिले भने राहत वितरणको कुरा छलफलमा मात्रै सिमीत रहेको नगरप्रबक्ता सिंहले स्पष्ट पार्नुभयो ।
नगरपालिका सँग राहत वितरणका लागि प्रयाप्त रकम नभएको लगायतका कारणले गर्दा कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा राहत वितरण गर्न नसकिएको शुक्लाफाटा नगरपालिकाका नगरप्र्रबक्ता जगत बहादुर सिंहको भनाई छ । यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पनि विभिन्न संघ संस्थाहरुले कोरोनाको प्रभावमा परेका आर्थिक रुपमा विपन्न नागरिकहरुलाई राहत वितरण गरिरहेका भएपनि नगरपालिकासँग भने राहत वितरणका लागि हालसम्म कुनै प्रभावकारी योजना नरहेको पाइएको छ । तर कृष्णपुर नगरपालिकामा कोभिड विपद ब्यवस्थापन कोष रहेकाले सोही कोषबाट आवश्यकता अनुसार अति विपन्न नागरिक नगरपालिकाको सम्पर्कमा आएको खण्डमा कृष्णपुर नगरपालिकाले कोरोना प्रभावितहरुलाई सहयोग गरिरहेको कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख रमिता रानाले बताउनुभयो ।
तर नगरपालिकामा कोरोना प्रभावित विपन्न नागरिकहरुका लागि हाल कुनै प्रभावकारी योजना भने नरहेको कुरा कृष्णपुर नगरपालिकाका नगरउपप्रमुख रानाले स्वीकार गर्नुभयोे । कञ्चनपुरका विभिन्न पालिकाहरुका जनप्रतिनिधीहरुले पालिकाहरुले राहत वितरणमा हालसम्म कुनै प्रभावकारी योजनाहरु नरहेको बताइरहेका छन् तर निशेधाज्ञा लम्ब्याइदै गइरहेको अवस्थामा राहत वितरण नगरिदा आफुहरुलाई समस्या परेको आर्थिक रुपले विपन्न नागरिकहरुको गुनासो छ ।
Comments are closed.