कञ्चनपुरमा भन्सार छली गरि ल्याइएका सामानहरु सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर तथा मातहत बोर्डर आउट पोष्ट थापाचोकबाट खटी गएका मोबाईल तथा पैदल सीमा गस्ति टोलिले सीमा ईलाकामा गस्ती गर्ने क्रममा निषेधाज्ञा उल्लघंन गरी भारतबाट नेपाल भित्र्याउँदै गरेको अन्दाजी २ लाख ३९ हजार ४ सय रुपैया बराबरका सामानहरु बरामद गरेको हो । प्लाष्टिक, हार्डवयरका सामान, छाता, बिडी, सुर्ती र मोटरसाइकल सहित बरामद गरी आवश्यक कानुनी कारवाहीको सामानहरु कञ्चरनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरीमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक बीर बहादुर ऐरले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।