नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री साउदद्धारा कञ्चनपुरका तीन वटा नगरपालिकालाई स्वास्थ्य सामाग्रीहरु सहयोग,

 नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री एनपी साउदले बुधवार कञ्चनपुरको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर २ का ३ नगरपालिकालाई हस्पिटल बेड, पंखा लगायतका स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । नेता साउद आफू कोरोनाबाट संक्रमीत भएका बेलापनी लाखौ मुल्य बराबरका सामानहरु कञ्चनपुर जिल्लामा पठाउनु भएको हो । ती सामग्रीहरु कञ्चनपुरको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर २ का बेदकोट, कृष्णपुर र शुक्लाफाटा नगरपालिकालाई नेपाली काङ्ग्रेस क्षेत्रीय समिति र पार्टीको नगरसमितिको समन्वयमा बुधबार हस्तान्तरण गरिएको छ । यसरी हस्तान्तरण गरिएको सामग्रीमा २५ वटा हस्पिटल बेड, टेवुल पंखा २५ थान र सर्जिकल मास्क ३ हजार थान रहेको छ । कांग्रेस केन्द्रिय सदस्य साउदले आफ्नो जिल्लामा महामारी आएको बेला आफै गएर सहयोग गर्न मन भएको भएपनि आफू र पुरै परिवार कोभिड– १९ को संक्रमणबाट अछुतो रहन नसकेका कारण साथिहरु मार्फत सामग्री पठाएको बताउनु भयो ।

 

 

उहाले आफू अस्वस्थताका कारण भौतिक रुपमा उपस्थित हुन नसकेपनी जनताको लागि सक्दो प्रयास निरन्तर जारी रहने बताउनु भयो । नेता साउदले ४–५ दिन भित्रै थप सामग्री पनि पठाउन लागेको जानकारी दिनु भयो । काङ्ग्रेस क्षेत्र न–२ का सभापती दल बहादुर बोहराले काङ्रेस नेता साउद आफू संक्रमीत हुँदापनि निरन्तर क्षेत्रका जनताको स्वास्थ्य प्रती चिन्तित रहेको बताउनु भयो । उहाले नेता साउदले आफुलाइ सम्पर्क गरि पार्टीका साथिहरु निरन्तर जनताको सेवामा लाग्न आग्रह गर्नुभएको बताउनु भयो । नेता साउदबाट प्राप्त हस्पिटल बेड, टेबुल पंखा लगायतका सामग्री बुझ्दै बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले यस्तो आपदको बेला अति आवश्यक सामग्री उपलब्ध गराइदिनु भएकोमा काङ्ग्रेस नेता साउदप्रती धन्यवाद दिदै आभार ब्यक्त गर्नु भयो । काङ्ग्रेस नेता साउदले यसअघि पनि सोही क्षेत्रमा ३ थान अक्सिजन कन्सन्ट्रेटर, ८ थान अक्सिमिटर, सेनेटाइजर, मास्क लगायतका अति आबश्यक स्वास्थ्य सामग्री शुक्लाफाटा नगरपालिकाले संचालन गरेको क्षेत्र नम्बर २ को एकमात्र कोभिड अस्पताल पिपलाडीलाई पठाउनु भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.