कञ्चनपुरमा बुधवार थप ६३ जना कोरोनाको संक्रमणमुक्त भएका छन् । एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएका २६ जना र पिसीआर विधिबाट परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएका ३७ जना गरी कुल ६३ जना कोरोनाको संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको हो । बुधवार थप ६३ जना कोरोनाको संक्रमणमुक्त भएसंगै कञ्चनपुरमा कोरोनाको संक्रमणमुक्त हुनेको कुल संख्या ६ हजार २ सय २९ जना पुगेको छ । यस्तै बुधवार कञ्चनपुरमा थप १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधवार एन्टिजेन विधिबाट परीक्षण गर्दा २४ जनामा र पिसीआर विधिबाट परीक्षण गर्दा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बुधवार कञ्चनपुरमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ जना, शुक्लाफाँटा नगरपालिकाका ६ जना, पुर्नवास नगरपालिकाका २४ जना, दोधारा चादँनी नगरपालिकाका २ जना बेलौरी नगरपालिकाका १२ जना, लालझाडी गाउपालिकाका १ जना, बेल्डाडी गाउपालिकाका १ जना रहेका छन् । यस्तै बधुवार कञ्चनपुरको गड्डाचौकी नाकामा गरीएको परिक्षणमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
Comments are closed.