कञ्चनपुरमा विवेकशील साझा युवा संगठनद्धारा राहत वितरण गरियो ,

  कञ्चनपुरमा विवेकशील साझा युवा संगठनले राहत वितरण गरेको छ । समाजकल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगर र कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ स्थीत बैजनाथधाम ज्येष्ठ नागरिक सेवा केन्द्र गाउजीमा विवेकशील साझा युवा संगठन कञ्चनपुरले राहत वितरण गरेको हो । राहत सामागी्र अन्तर्गत ५०÷५० किलोग्राम चामल , १०÷१० किलोग्राम आटा , ५÷५ किलोग्राम दाल, ५÷५ किलोग्राम चिनी, ४÷४ लिटर तेल २÷२ किलोग्राम नुन, १÷१ किलोग्राम हल्दी, ५ ÷५ किलोग्राम तरकारी, ३० ÷ ३० पिस नुहाउने साबुन , ३० ÷ ३० पिस लुगा धुने साबुन लगायतका सामागी्र बाल अनाथालय महेन्द्रनगर र बैजनाथधाम ज्येष्ठ नागरिक सेवा केन्द्र गाउजीमा वितरण गरिएको विवेकशील साझा युवा संगठन कञ्चनपुरका संयोजक नबीन बिष्टले शुक्लाफाटा एफ एम लाई जानकारी दिनुभयो ।

    यसैगरी समाजकल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगरमा थप ५ दर्जन कापी र ३ प्याकेट कलम पनि राहत स्वरुप वितरण गरिएको छ । समाजकल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगर र कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ स्थीत बैजनाथधाम ज्येष्ठ नागरिक सेवा केन्द्र गाउजीमा कुल करीब १८ हजार रुपैया बराबरका सामानहरु राहत स्वरुप सहयोग गरिएको जनाइएको छ । राहत सामागी्र वितरण कार्यक्रममा विवेकशील साझा युवा संगठन कञ्चनपुरका संयोजक  नबीन बिष्ट , विवेकशील साझा युवा संगठन सुदुरपश्चिम प्रदेश कमीटि कोषाध्यक्ष प्रमोद पन्त, विवेकशील साझा युवा संगठन लालझाडी कमिटी  सदस्य लक्ष्मण गिरी लगायतको सहभागीता रहको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.