कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ४६७ जनाको नमुना परीक्षण गर्दा थप ५६ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताउनु भयो । जसमध्ये १५ पुरुष र १४ महिला गरी २९ जना धनगढी उपमहानगरपालिकाका रहेका छन् । यस्तै धनगढी बाहेक कैलालीका १४ जना र कैलाली बाहेकका अन्य जिल्लाका १३ जनामा संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालबाट २ जना निको भएर घर फर्केका छन् भने थप १० जना नयाँ संक्रमित भर्ना भएका छन् । हाल अस्पतालमा ५२ जना संक्रमित उपचाररत छन्। जसमध्ये १३ जना आईसीयूमा, ३ जना भेन्टिलेटर र ३६ जना अक्सिजन सपोर्टमा उपचाररत रहेका छन् ।
Comments are closed.