कञ्चनपुरमा बिहीवार थप ७८ जना कोरोनाको संक्रमणमुक्त

 कञ्चनपुरमा बिहीवार थप ७८ जना कोरोनाको संक्रमणमुक्त भएका छन् । एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएका २८ जना र पिसीआर विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएका ५० जना गरी कुल ७८ जना बिहीवार कोरोनाको संक्रमणमुक्त भएका छन् । बिहीवार थप ७८ जना कोरोनाको संक्रमणमुक्त भएसंगै कञ्चनपुरमा हालसम्म कोरोनाको संक्रमणमुक्त हुनेको कुल संख्या ६ हजार ३ सय ७ जना पुगेको छ । यस्तै कञ्चनपुरमा बिहीवार थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका १९ जना, वेदकोट नगरपालिकाका २ जना, शुक्लाफाँटा नगरपालिकाका १ जना, पुर्नवास नगपालिकाका २ जना, दोधारा चादँनी नगरपालिकाका १ जना, बेलौरी नगरपालिकाका १५ जना, लालझाडी गाउपालिकाका १९ जना र बेल्डाडी गाउपालिकाका १० जना रहेका छन् । यसैगरी कञ्चनपुरमा बिहीवार कोरोना भाइरसको संक्रमणका कारण एक जनाको ज्यान गएको छ । बिहीवार कोरोनाको संक्रमणका कारण ज्यान ज्यान गुमाउनेमा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ८ का ५८ वर्षीय पुरुष रहेका छन् । योसंगै कञ्चनपुरमा कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या १ सय ७३ जना पुगेको छ । हाल कञ्चनपुरमा ६ सय ६५ जना कोरोना संक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.