सुदुरपश्चिमका तीन पहाडि जिल्लामा निषेधाज्ञाको अवधि थपियो

 डोटीमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको अबधि थप गरेको प्रमुख जिल्ला अधिकारी सुनील खनालले जानकारी दिनु भयो । डोटी जिल्लामा हाल कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ६०० जना पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट डोटी जिल्लाभित्र र बाहिर गरी हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । यस्तै बाजुरामा पनि जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले यही जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएको हो ।

 बाजुरा जिल्लामा गत वैशाख २२ गतेदेखि सुरु गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । यसैगरी डडेल्धुरामा पनि निषेधाज्ञाको अवधि लम्ब्याइएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.