कञ्चनपुरमा शुक्रवार थप १ सय २६ जना कोरोनाको संक्रमण मुक्त

  कञ्चनपुरमा शुक्रवार थप १ सय २६ जना कोरोनाको संक्रमण मुक्त भएका छन् । एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएका भएका ३६ जना र पिसीआर विधिबाट परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ९० जना गरी कुल १ सय २६ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । शुक्रवार थप १ सय २६ जना कोरोना भाइरसको संक्रमणमुक्त भएसंगै कञ्चनपुरमा हालसम्म कोरोना भाइरसको संक्रमणमुक्त हुनेको कुल संख्या ६ हजार ४ सय ३३ जना पुगेको छ । यस्तै कञ्चनपुरमा शुक्रवार थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 शुक्रवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका २३ जना, वेदकोट नगरपालिकाका ४ जना, शुक्लाफाँटा नगरपालिकाका ४ जना, कृष्णपुर नगरपालिकाका ९ जना, दोधारा चादँनी नगरपालिकाका ३ जना, बेलौरी नगरपालिकाका २४ जना, लालझाडी गाउपालिकाका १ जना, बेल्डाडी गाउपालिकाका १ जना रहेका छन् । साथै कञ्चनपुरको गड्डाचौकी नाकामा गरिएको परीक्षणमा ६ जना रहेका छन् । यसैगरी कञ्चनपुरमा थप तीन जना कोरोना सक्रमितको ज्यान गएको छ । शुक्रवार कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाकोे वडा नम्बर १० की ६२ वर्षीया महिला, भीमदत्त नगरपालिकाकै वडा नम्बर २ का ५० वर्षीय पुरुष र भीमदत्त नगरपालिकाकै वडा नम्बर ३ का ५० वर्षीय पुरुष रहेका छन् । हाल कञ्चनपुरमा ६ सय ११ जना कोरोना संक्रिय संक्रमित रहेका छन् । यसैगरी संस्थागत आइशोलेसनमा १ सय १२ जना र होम आइशोलेसनमा ४ सय ९९ जना कोरोना सक्रमित रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.