शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेसन सुरु भएको छ । सुदुरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन थापाले बैठक प्रारम्भ भएको घोषणा गर्नु भएको हो । अबिधेशनमा प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको मृत्युमा शोक ब्यक्त गरिएको थियो । साथै सबै दलका प्रतिनिधिहरुलाई छुट्याइएको विशेष समयमा प्रदेश सभा सदस्यहरुले अधिवेशनको शुभकामना दिनुभएको हो । बैठकमा बोल्दै नेकपा एमाले (ओली समूह)का प्रदेश सभा सदस्य पठानसिंह बोहराले नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकोपछि प्रदेश सरकार अल्पमत परेको बताउनुभएकोछ । उहाले मुख्यमन्त्रीले त्रिलोचन भट्टले राजीनामा दिनुपर्ने र नभए प्रदेश सभाबाट विस्वासको मत लिनुपर्ने बताउनुभएको हो ।
बैठकमा बोल्दै प्रदेश सभा सदस्य अमर बहादुर सावदले अहिले कोरोना रोकथाम र न्यूनिकरणलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गर्न आवस्यक रहेको बताउनु भयो । साथै विषम परिस्थितीका वावजुत आउँदो आर्थिक बर्षको लागि जनमुखि बजेट ल्याउने तयारीमा प्रदेश सरकार लाग्न आवस्यक रहेको उहाको भनाई छ । प्रदेश सभा सदस्य अक्कल बहादुर रावलले केन्द्रको राजनितीको प्रभाव प्रदेशमा पार्न नहुने बताउनुभएको छ । उहाले प्रदेश सरकारले कोरोना महामारीलाई कसरी न्यूनिकरण गर्ने, जनतालाई कसरी विकासको अनुभुति दिलाउने भन्नेमा केन्द्रित बन्न आवस्यक रहेको बताउनुभएको छ । प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता डाक्टर रण बहादुर रावलले प्रदेश सरकारले कोरोना रोकथाम गर्न आवश्य रहेको बताउदै प्रदेश सरकारको चालु आर्थिक बर्षको बजेट खर्चका्े अवस्था चिन्ताजनक रहेको बताउनुभएको छ । विगत देखि असारे प्रबृतिले निरन्तरता पाउँदा दिर्घकालिन विकास हुन नसकेको अवस्थामा यस बर्ष पनि त्यहि दोहोरिनु दुखद भएको उहाको भनाई छ । उहाले आउँदो आर्थिक बर्षको बजेट ल्याउँदा सबै क्षेत्रलाई न्याय हुने ढंगले ल्याउन सुझाव पनि दिनुभएको हो । प्रदेश सभाको आगामी बैठक जेष्ठ २३ गते बोलाइएको छ ।
Comments are closed.