कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ सय ८९ नमूना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाका अनुसार धनगढीका ९ जना यस्तै धनगढीबाहेक कैलालीका १२ जना र अन्य जिल्लाका १ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
हाल अस्पतालमा ४९ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । जसमध्ये २ जना भेन्टिलेटरमा, १५ जना आइसियूमा, ३३ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने १ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा २ जना भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो । पछिल्लो २४ घण्टामा अस्पतामा उपचाररत १ जना कोरोना संक्रमितको ज्यान गएको अस्पतालले जनाएको छ ।