कञ्चनपुरमा शनिवार थप ५२ जना कोरोनाको संक्रमणमुक्त भएका छन् । एन्टिजेन विधिबाट परिक्षण गर्दा संक्रमण पुष्टि भएका ११ जना र पिसीआर विधिबाट परिक्षण गर्दा संक्रमण देखिएका ४१ जना गरी कुल ५२ जना कोरोनाको संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । शनिवार ५२ जना कोरोनाको संक्रमणमुक्त भएसंगै कञ्चनपुरमा हालसम्म कोरोनाको संक्रमणमुक्त हुनेहरुको कुल संख्या ६ हजार ४ सय ८५ जना पुगेको छ । यसैगरी कञ्चनपुरमा शनिवार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, वेदकोट नगरपालिकाका १ जना, पुर्नवास नगरपालिकाका २ जना, बेलौरी नगरपालिकाका १ जना र लालझाडी गाउपालिकाका ३ जना रहेका छन् । यसैगरी शनिवार कञ्चनपुरमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ । कञ्चनपुरमा शनिवार कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ का ८६ वर्षीय पुरुष रहेका छन् । उहा महाकाली अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । हाल कञ्चनपुरमा कोरोनाका संक्रिय संक्रमित ५ सय ६८ जना रहेका छन् ।