सुदूरपश्चिम विश्वविद्यालयका स्थगित परीक्षा साउन ५ गतेदेखि सञ्चालन हुने

 सुदूरपश्चिम विश्वविद्यालयका स्थगित परीक्षा साउन ५ गतेदेखि सञ्चालन हुने भएका छन् । दोस्रो लहरको कोरोना भाइरसको महामारी फैलिएपछि स्थगित भएका परीक्षा विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले वैकल्पिक विधिबाट गर्ने निर्णय गरेको हो । विश्वविद्यालयका अनुसार स्नातक तह दोस्रो, चौथो र छैटौं सेमेस्टरका परीक्षाहरू साउन ५ गतेबाट सञ्चालन हुनेछन्। त्यस्तै स्नातक दोस्रो, चौथो र छैटौं सत्रका विद्यार्थीका अघिल्लो सेमेस्टरका कक्षाहरू जेठ २५ गतेदेखि वैकल्पिक विधिबाट सञ्चालन गरिने छ । प्रश्नपत्र लिखित, मौखिक र विश्लेषणात्मक उत्तर दिनुपर्ने किसिमको तयार पारिने बताइएको छ।

सम्बन्धित

Comments are closed.