कञ्चनपुरमा लागु औषध सहित ३ जना पक्राउ

कञ्चनपुरमा लागु औषध सहित ३ जना पक्राउ परेका छन् । सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले विषेश सुचनाको आधारमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बजार स्थित लोकेन्द्र तिरुवाको बाझो पक्की घरमा लागु औषध बिक्री बितरण भई रहेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली खटिई गई ती तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बजार बस्ने वर्ष ३४ का बिक्रम शिलाल, सोही ठाउका वर्ष २५ का बिशाल थापा र वर्ष २६ का बिनोद नागरी रहेका छन् । तिनीहरुको साथबाट (ब्राउन सुगर) जस्तो देखिने पदार्थ २ ग्राम ६४० मिली ग्राम बरामद गरीएको र तीनै जनालाई नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता समेत रहनु भएका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.